प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या गरेर आत्मसमर्पण


 


बुटवल, माघ २१ । श्रीमती र छोराको हत्या गरेर दाङमा एक प्रहरी जवानले आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । उनका अनुसार शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान नेपाली दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्