सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, माघ २१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्