नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको पार्टी एकिकरण प्रक्रिया तत्काललाई स्थगित


 


काठमाडौं, पुस १०
नयाँ शक्ति पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मधेसवादी पार्टीसँग एकीकरण गर्ने प्रयास असफल भएको छ।

उपेद्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण प्रयास असफल भएपछि कार्यगत एकता अघि बढेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग कार्यगत एकता गर्ने भट्टराईको चाहना पनि तत्कालका लागि असफल भएको छ।

नयाँ शक्तिसँग कार्यगत एकता गरेर आन्दोलनमा जानुपर्ने फोरम नेपाल अध्यक्ष यादवको प्रस्ताव मधेसी मोर्चाका साथै संघीय गठबन्धनका नेताले अस्वीकार गरेका छन्।

मंसिरयता पटक पटक बसेको मधेसी मोर्चा र संघीय गठबन्धनको छुट्टाछुट्टै बैठकमा फोरम नेपाल अध्यक्ष यादवले भट्टराई नेतृत्वको नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव गरेका छन्। तर, यादवको प्रस्ताव मधेसी मोर्चा एवं संघीय गठबन्धनका नेताले अस्वीकार गरेपछि तत्काललाई कार्यगत एकता नहुने भएको हो।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले नयाँ शक्तिसँग कार्यगत एकता गर्न नसकिने प्रस्ट पारे।

मोर्चा–गठबन्धन बैठकमा नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव आएको बताउँदै उनले तत्काल त्यस्तो एकताको सम्भावना नरहेको जानकारी दिए। आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्