हिउँदे अधिवेशनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बिहान बस्न लागेको हो ।

सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्