पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह अवैध ठहर, ७ वर्ष जेल सजाय


 


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गरेको छ ।

पाकिस्तानको एक अदालतले सो फैसला गर्दै खानजोडीलाई सात वर्ष जेल सजाय सुनाएको हो ।

उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको बताइएको छ ।

बुशरा बीबीका पूर्व पतिले उजुरी दिएका थिए । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।

इमरान खान र बुशरा बीबीको सन् २०१८ मा बिवाह भएको थियो ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्