अमेरिकाले गर्यो सिरिया र इराकमा एकैसाथ हवाई आक्रमण


 


वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा एकैसाथ हवाई आक्रमण गरेको छ ।

अमेरिकाले इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको हो । यी आक्रमणहरू धेरै लामो दूरीको बी(वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए ।

अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर ९आईआरजीसी० को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो ।

यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।

गत जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिकहरू मारिएका थिए । अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ ।

प्रकाशित मिति: २० माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्