धनगढीको एक पसलमा आगलागी


 


धनगढी, माघ १९ । कैलालीको धनगढी स्थित एक जुत्ता पसलमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका–२ स्थित साल्ट ट्रेडिङ भवनमा रहेको निरा प्रसाईको जुत्ताचप्पल पसल पाथिभरा इन्पोरियममा आगलागी भएको हो।

आगलागीबाट सामानहरु जलका छन् । दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्