निसासिएर एक सातामा ११ जनाको मृत्यु


 


काठमाडौं, पुस १०
उपत्यकामा एक सातामा निसासिएर ११ जनाको मृत्यु भएको छ । चिसो भएका कारण कोठा भित्र आगो ताप्दा, झ्याल ढोका थुनेर सुत्दा र अत्यधिक चुरोट सेवन गर्दा ती व्यक्तिको मृत्यु भएको हो ।

घरभित्र झ्याल ढोका थुनेर बस्दा अक्सिजनको कमी हुने र निसासिर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी समाचार कक्षले जनाएअनुसार शुक्रबार भक्तपुर नगरपालिका ७ स्थित सिद्धि सालिकराम जेष्ठ नागरिक आश्रममा वस्दै आएका भारत कोलकताका गौतम बशुको बेहोश भएर मृत्यु भयो ।

कोठामै अचानक बेहोश भएपछि उनलाई उपचारका लागि नजिकैकै अस्पताल लगियो । र, उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीका अनुसार लामो समय आगो तापेर वसेका कारण उनको मृत्यु भएको हो ।

पछिल्लो एक सातामा उपत्यकामा उनको जस्तै ११ जनाको मृत्यु भइसकेको सामाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्