नेपालले भारत विरुद्ध टस हारेर फिल्डिङ गर्दै


 


काठमाडौं, माघ १९ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

भारतका कप्तान उदय सहरानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

नेपालको टोलीमा ३ परिवर्तन गरिएको छ । ओपनर बिपिन रावल, ब्याटर आकाश त्रिपाठी र अलराउण्डर दिपक बोहराको स्थानमा आज ओपनिङ्ग ब्याटर दीपक बोहोरा, उत्तम थापा मगर र दिपक डुम्रे टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापा मगर, देव खनाल ९कप्तान०, विशाल विक्रम केसी, गुलशन झा, दिपक डुम्रे, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता छन् ।

भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो ।

नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो ।

भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुबै खेलमा जित हात पार्न सफल भएको छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्