बैंकहरू पनि मिटरब्याजी नै हुन् : ओली


 


काठमाडौँ, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् ।

शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे । ‘बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले बैंक पनि मिटरब्याजी नै हो’, अध्यक्ष ओलीले भने ।

उनले तीन/तीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए । उनले ऋणीहरू मरेको मर्यै भएको बताए ।

अध्यक्ष ओलीले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्