सुनको मूल्य आज पनि बढ्यो


 


काठमाडौं, माघ १९ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

सुनको मूल्य आज थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन बिहीबार अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ बढेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्त आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्