एमाले पनि बोलायो संसदीय दलको बैठक


 


काठमाडौं, माघ १९ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्न लागेको हो ।

बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आगामी सोमबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि दलहरु संसदीय दलको संसदीय दलको बैठक बोलाइरहेका छन् ।

नेपाली काँग्रेस, रास्वपालगायतका दलहरुले पनि संसदीय दलको बैठक आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्