व्यवसायी अरुण चौधरी पक्राउ


 


काठमाडौँ, माघ १८ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई काठमाडौंस्थित उनको आफ्नै निवासबाट पक्राउ गरिएको हो । पक्राउको कारणबारे भने केही खुलाइएको छैन ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।

उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्