युरोप पठाइदिन्छु भन्दै ६ सय बढी व्यक्तिलाई ठग्ने एकजना पक्राउ


 


काठमाडौं, माघ १८ । युरोप पठाइदिन्छु भन्दै ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए।

मानिसहरूले उजुरी दिएपछि फरार रहेकोका उनलाई प्रहरीले बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्