जति विरोध गरे पनि गठबन्धन भत्किँदैन : माधव नेपाल


 


धनुषा, माघ १८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जति नै विरोध गरे पनि गठबन्धन नभत्किने दाबी गरेका छन् ।

आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे नभत्किने बताए । उनले पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।

नेता नेपालले गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिने र जनताको इच्छा बमोजिम सुशासन कायम गर्ने बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने आफ३नो पार्टीको पनि पनि चाहना रहेको बताए ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्