ललितपुर महानगरले सञ्चालनमा ल्यायो ‘मोबाइल अलर्ट’ सेवा


 


काठमाडौँ, माघ १८ । ललितपुर महानगरपालिकाले आजदेखि ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ ।

विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यो एपले छिटो र छरितोरुपमा ललितपुर नगर प्रहरीलाई अलर्ट र गुनासो पठाउन मद्दत गनेए महानगर प्रमुख चिरिबाबु महर्जनले बताए । उनका अनुसार यो एपमार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने छ ।

ललितपुर महानगरपालिका क्षेत्र भित्र आउने समस्या, विपत्ति वा गुनासो भएमा ३ ट्यापमा नगर प्रहरीसम्म पुर्‍याउन सकिने छ । महानगरवासीलाई प्रयोगमा समस्या नपरोस् भनेर महानगरले अफलाइन मोडमा नै गुनासो तथा अलर्ट गर्न सकिनेछ ।

यस्तै, गोप्य सूचनाको हकमा मोबाइल नम्बर गोप्य राख्न समेत सकिनेछ । महानगर भित्र दमकल चाहिएमा यो एपमार्फत अलर्ट पठाउन सकिनेछ ।

यस्तै, एम्बुलेसन्स, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङ, बिना स्वीकृति संरचना, लैगिंक हिंसा, शैक्षिक संस्थानमा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवामा क्षति लगायतका अलर्ट समेत एपमार्फत पठाउन सकिनेछ ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्