रास्वपाले दबाब यात्रा गर्दै, यस्ता छन् माग


 


काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ ।

रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिने उद्देश्यले यही माघ २१ गतेदेखि दवाव यात्रा गर्न लागेको हो । यात्र पैदल हुने रास्वपाले जनाएको छ ।

सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ । सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन् ।

उपसभापति डिपी अर्यालले काठमाडौं(मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।

रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्