प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धीबीच घम्सा घम्सी


 


एजेन्सी ।

भारतमा प्रतिबन्ध गरिएका ठुला दरका नोटको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसआइका उपाध्यक्ष राहुल गान्धीले नोटमा लगाएको प्रतिबन्धको बारेमा आ–आफ्नो कडा प्रतिक्रिया दिएका छन् ।

नोटमा लगाएको प्रतिबन्धको ४६ औं दिन शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले बेइमान मानिसहरुले नोट प्रतिबन्धको अभियानलाई विना कुनै कामको ठानेका छन् । उनीहरुले यो अभियानलाई सकेसम्म असफल बनाउने प्रयास गरेका छन् ।

तर भारतको १ सय २५ करोड जनता सामु यो काम असफल हुने छैन । १ सय २५ करोड जनताले साथ दिएका छन् ।

शनिबार महाराष्ट्रको यात्रामा गएका मोदीले, एउटा ¥यालीलाई सम्बोधन गर्दै गत नोभेम्बर ८ को राती आफुले भ्रष्टाचारमाथि गरेको आक्रमणले कालोधन वालाहरुमा हलचल छाएको छ । तर, देशको जनताले साथ दिएकाले ३० डिसिम्बर पछि सबै ठिक हुने दाबी गरे ।

तर प्रधानमन्त्री मोदीले गरेको नोट प्रतिबन्धको बारेमा काँग्रेसआइका उपाध्यक्ष राहुल गान्धीले मोदीमाथि एक तर्फी प्रहार गरेका छन् ।

हिमाञ्चल प्रदेशमा एउटा धर्मशालामा गरिएको सम्बोधनमा गान्धीले नोट प्रतिबन्धको निर्णय विना कुनै तयारी नै भएकाले यसको असर कालोधनवालाहरुलाई नभएर गरीब र किसानलाई नै मर्का परेको दाबी गरे ।

उनले देश अहिले ५० वटा कम्पनीको पिजरामा रहेको तथा ६० प्रतिशत पैसा एक प्रतिशत मानिससँग रहेको आवस्थामा सरकारले यो कुरालाई ध्यान नदिएको बताए ।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्