सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, माघ १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्