गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली


 


काठमाडौँ, माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले सरकारमा जान हतार नगर्ने भएपनि गठबन्धनले काम गर्न नसकेको अवस्थामा जुर्मुराउनुपर्ने समेत उनले बताए ।

अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको भन्द्यै उनले भने, गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको छ ।’

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्