घुस लिएको आरोपमा अमिन ढकालविरुद्ध आरोपपत्र दायर


 


काठमाडौँ, माघ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सेवाग्राहीसँग घुसररिसवतवापत चार हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएकोले अमिन ढकालविरुद्ध आरोपत्र दाउर गरिएको बताए ।

प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो चार हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।’

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्