शेयर बजारमा २१ अंकको गिरावट, ५ अर्ब बढीको कारोबार


 


काठमाडौं, माघ १७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से २१.६७ अंकले घटेर दुई हजार ९७ दशमलव ९३ विन्दुमा बन्द भएको हो । आज ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १५२ वटाको बढेको छ भने ८५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, मेन्छियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.८७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ६३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्