अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने पक्राउ


 


काठमाडौं, माघ १७ । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा सप्तरी राजविराज नगरपालिका–१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी पाँचथर फिदिम नगरपालिका–१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।

साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पिडकहरूले साहले संचालन गरेको गद्रगम भेन्चर क्यापिटल, प्रोफष्टट ग्रुप एण्ड एएमपी एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लयरमा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्हरीले जनाएको छ ।

साह विरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्