अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिने ७ जना पक्राउ


 


काठमाडौं, माघ १७ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा साता जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका–१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह छन् ।

त्यस्तै, लहान नगरपालिका–७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका–७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका–२ सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका–७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी पनि पक्राउ परेका छन् ।

अवैध क्रिप्टोकरेन्सी मार्फत जुवा, मिल्कीवे,गेमभल्ट, फाइर किरिन, भेगास स्वीप्स, वरिवन स्टार्स जस्ता खेल खेलाई उक्त प्लेटफर्ममा लिमिट लोड गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतका क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्