नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ


 


सर्लाही, माघ १७ । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्श्री-मती पक्राउ परेका छन् ।

जिल्लाको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले मंगलबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती नसारा खातुन छन् ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्