भोजपुरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी


 


भोजपुर, माघ १७ । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ । सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्