सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउनुपर्छ : ओली


 


काठमाडौं, माघ १७ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दे् निर्मौणमा सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउनुपर्ने बताएका छन् ।

देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही भएको उनले बताए । ‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो,’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ ।’

उनले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर देश नबन्ने बताएका छन् । ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ ।’

देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उहाँले स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्