सुनको मूल्य आज सामान्य बढ्यो, चाँदीको स्थिर


 


काठमाडौं, माघ १७ । नेपाली बजारमा सुनको मूल्य आज पनि सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्