ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली : विद्या भण्डारी


 


काठमाडौँ, माघ १६ । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता भएको बताएक छिन् ।

आज ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्थो बताएकी हुन् । ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन् ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’

साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेताका रुपमा चित्रण गरिन् ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्