राजेन्द्र पाण्डे अस्पताल भर्ना


 


काठमाडौँ, माघ १६ । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् ।

पिसाबसम्बन्धी समस्या देखिएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै आएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

पाण्डेलाई पार्टी अध्यक्ष माधवकुमार नेपाललगायतका नेताले अस्पताल पुगेर भेटेका छन् ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्