क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा सात जना पक्राउ


 


काठमाडौं, माघ १६ । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले िक्तिप्टोकरेन्सीको कारोबार गरेको सूचनाको आधारमा सात जनालार्य पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।

प्रहरीका अनुसार उनीहरुले अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेका थिए ।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्