बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, तीन जना पक्राउ


 


विराटनगर, माघ १६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ ।

उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास भएको हो । प्रहरीले दुर्व्यवहार प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिएको जनाएकमो छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम भने सार्वजनिक गरेको छैन । डिएसपी भण्डारीले अनुसन्धान भइरहेको बताए ।

ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्