न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन


 


काठमाडौं, माघ १६ । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ ।

घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ ।

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए । उनको निधन भएपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उनी भर्खरै रौतहट जिल्ला अदालतबाट बढुवा भएर उच्च अदालत आएका थिए ।

उनको आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्