टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर, माघ १६ । हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हेटौडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना.२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्