गुडिरहेको बसमा आगलागी


 


काठमाडौँ, माघ १६ । धादिङ गजुरी गाउँपालिका–२, चालिसेमा गुडिरहेको बसमा आगलावी भएको छ ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आज बिहान करिब साढे २ बजे आगो लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, एक्कासी ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।

आगलागीका कारण बस नचल्ने अवस्थामा पुगेको छ र डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । बसमा सवार यात्री भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्