सुनको मूल्य आज पनि बढ्यो


 


काठमाडौं, माघ १६ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

सुन आज तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्