मानवअधिकार उल्लंघन गर्ने ३२ प्रहरीलाई कारबाही गर्न सिफारिस [नामावलीसहित]


 


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९/०८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका नेपाल प्रहरीका ३२ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।नेपाल प्रहरीतर्फ ३२ जनाले मानवअधिकार उल्लङ्घन गरेको भन्दै आयोगले उनीहरुको नाम सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी रहेका छन् ।

प्रनावउपरीक्षक तर्फ कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, प्रनाउ टेकुनन्द इवा लिम्ब, हनुमान शाह रहेका छन् भने प्रहरी निरीक्षकतर्फ गोविन्दप्रसाद साह महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरी रहेका छन् ।

प्रहरी सहायक निरीक्षकतर्फ नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महावीर राज धावे र बासुदेव चौधरी रहेका छन् ।

यस्तै प्रहरी नायव निरीक्षकतर्फ रामकुमार यादव, श्याम राउत, धर्मेन्द्र कुमार सिंह, चक्र बस्नेत रहेका छन् ।

प्रहरी हवल्दारतर्फ भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्की रहेका छन् । प्रहरी जवानतर्फ विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला रहेका छन् ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्