पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ


 


काठमाडौँ, माघ १५ । पोल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

एक युवतीलाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशीलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार उनले युवतीलाई पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै सुरुमा ६ लाख रुपैयाँ लिएका थिए ।

जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्