धार्चे मनास्लु सांस्कृतिक कार्यक्रम पुस २६ गते


 


काठमाडौँ, पुस ९

धार्चे मनास्लु सम्मान, विमोचन तथा वृह्रत सांस्कृतिक कार्यक्रम  यही पुस २६ गते काठमाडौँमा हुने भएको छ ।

धार्चे मनास्लु राष्ट्रिय मासिक पत्रिकाको चौँथो वार्षिक उत्सवको अवसरमा आयोजनामा गर्न लागिएको कार्यक्रमलाई जयन्ति निर्माण सेवा, मगर्स क्रियसन , आशा स्टोर्स लगायतका कम्पनीहरुले प्रायोजन गर्ने भएका छन् ।

धार्चे मनास्लु सम्मान अन्तर्गत समाजसेवा, पत्रकारिता, गीत संगित, साहित्य, चलचित्र, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न विधा गरी २५ जनालाई सम्मान गरिनेछ । वृहत सांस्कृतिक प्रस्तुतिका साथ हुन लागेको कार्यक्रममा मनबहादुर पुनद्धारा लिखित उपन्यास “त्रिनेत्र” को विमोचन गर्ने कार्यक्रम समेत रहेको छ ।

लेखक पुन धार्चे मनास्लु राष्ट्रिय मासिक पत्रिकाको प्रधान सम्पादक हुन । कार्यक्रममा आदिवासी जनजातीहरुमा प्रचलित लोक संस्कृति झल्कीने प्रस्तुतीहरु रहने धार्चे राष्ट्रिय मासिक पत्रिकाका उप-सम्पादक जीवन बुढा मगरले जानाकारी दिए।

उक्त कार्यक्रम राष्ट्रिय नाचघर जमलमा दिउँसो १ बजेबाट हुने कार्यक्रममा उपस्थितिको लागी सबैमा आग्रह गरिएको छ । कार्यक्रम प्रवेश निशुल्क रहने आयोजकले जानकारी दिएका छन् |

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्