कोशीमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सुरू


 


विराटनगर, माघ १५ । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क रुपमा उपचार दिन सुरू भएको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोममबार औपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । उनका अनुसार प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्, ।

निःशुल्क आकस्मिक सेवा९इमेर्जेन्सी सेवा० लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् ।

निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमामोजिमको आषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको देवकोटाले बताइन् ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेको उनले सुनाइन् ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्