नेप्से १० अंकले बढ्यो, चार अर्ब बढीको कारोबार


 


काठमाडौं, माघ १५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आव आइतबार १०।३७ अंकले बढेर २०९४।४६ बिन्दूमा पुगेको छ । आज ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज लघुवित्त, निर्जीवन र ट्रेडिङ बाहेकका उपसमूहमा वृद्धि देखिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ६५।२८, उत्पादमूलक र प्रशोधनतर्फ ३५।९५, अन्य समूहमा ३४।६८ र होटल तथा पर्यटन उपसमूहको सूचक ३१।५६ अंकले बढेको छ ।

युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता २२ रुपैयाँ १० पैसा बढ्नेगरी सकारात्मक सर्किट लाग्दा गरिमा डिबेञ्चर २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लाग्दै ९८ रुपैयाँ ५० पैसाले घटेको छ ।

आज नेप्सेमा १५० कम्पनीको शेयरमूल्य बढ्दा ८६ कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्