बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु


 


दाङ, माघ १५ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको बसको ठक्करबाट मृत्यु भएको हो।

आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डाँगीको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीको नेपालगञ्ज नरसिंह होममा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्