बालिका बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ


 


झापा, माघ १५ । झापामा एक १५ वर्षीया बालिका बलात्कार आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मोरङ उर्लाबारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाललाई आइतबार राति पक्राउ गरेको हो ।

धिमालले झापाको मेचिनगर नगरपालिका(१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्