बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु


 


कालिकोट, माघ १५ । कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको रास्कोट नगरपालिका(९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

पानमिा डुबेर घाइते भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्