ललितपुरमा विदेशी महिला मृत फेला


 


काठमाडौँ, माघ १५ । ललितपुरको मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् ।

जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

मंगलबजारको नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । उनी एक वर्षदेखि त्यहीँ बस्दै आएको बताइएको छ ।

घटनाको स२चना लगत्तै प्रहरी घटनास्थललमा खटिएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्