तोरीबारीबाट वेवारिसे अवस्थामा काठ बरामद


 


बर्दिया, माघ १५ । बर्दियाको मधुवनबाट तोरीबारीमा लुकाएर राखिएको काठ प्रहरीले बरामद गरेको छ ।

बर्दिया प्रहरीले मधुवन नगरपालिका–३ धनौरीस्थित तोरीबारीमा मकैको ढोडले छोपेर राखिएको २०.६५ क्युफिट काठ हिजो (आइतबार) बरामद गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी धनौराबाट खटिएको प्रहरी टोलीले चिरान तथा गोलिया रहेको सिसौ जातको काठ बरामद गरेको हो ।

उक्त काठ आवश्यक कारबाहीको लागि सब–डिभिजन वन कार्यालय खाता बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्