सांसद ज्ञानेन्द्र शाही पनि फिल्ममा अभिनय गर्दै


 


काठमाडौँ, माघ १५ । सांसद ज्ञानेन्द्र शाही पनि फिल्ममा अभिनय गर्ने भएका छन् ।

एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनले पनि अभिनय गर्न लागेका हु् । सोही फिल्ममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि अभिनय गर्दैछन् ।

आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा ओलीसंगै साही पनि अभिनय गर्ने जानकारी दिइएको थियो । ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत भयो ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो ।

फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारमा रहने फिल्ममा अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।
फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्