नेपाल उच्च शिक्षाको ‘हब’ बन्ने सम्भावना छ : प्रधानमन्त्री


 


काठमाडौँ, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । नेपाललाई उच्च शिक्षाको हब बनाउन महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि रहेको उनले बताए ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताए ।

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्