चारवटा संसदीय समितिका बैठक आज, यस्ता छन् एजेण्डा


 


काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतका चारवटा विषयगत समितिका बैठक आज बस्दै छन्।

राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक आज बस्न लागेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बिहान ८ बजेका लागि तय गरिएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्थालगायतसँग छलफल हुनेछ ।

बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्नेछ । नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

दिउँसो साढे १ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्