युवाबीच झगडा भएको सूचनापछि घटनास्थल पुगेको प्रहरीमाथि आक्रमण, दुई जवान घाइते


 


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीयको आक्रमणबाट दुई प्रहरी जवान घाइते भएका छन् ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का रहेका छन् ।

आइतबार साँझ बाँफिकोट–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवादबारे बुझ्न पुगेका शाही र खड्कालाई स्थानीयले आक्रमण गरेका थिए ।

उनीहरुको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्थानीय युवाबीच झगडा भएको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेर प्रहरीले सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भएको बताइएको छ ।

घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । साथै घटनामा संलग्नहरुको प्रहरीले खोजी र घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्